आईएमई पे र श्रीयोगबीच सम्झौता

नेपालभ्युज

आईएमई पे र श्रीयोगबीच सम्झौता

काठमाडौं । आईएमई पे र श्रीयोग कन्सल्टिङ प्रालीबीच सम्झौता भएको छ । सम्झौताअनुसार आईएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ ।

श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रक्रिया सहज गराउने उद्देश्यका साथ यो सम्झौता गरिएको हो ।

श्रीयोग डट कमका दक्ष कामदारले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताबाट आईएमई पेको माध्यमबाट प्राप्त गर्न सक्नेछन् ।

यही माघ २५ गतेदेखि सञ्चालनमा रहने यो सम्झौतापछि सेवाग्राहीलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने बानीको विकाश हुँदै जाने दुवै कम्पनीले विश्वास राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved