ईयू नेता भन्छन्- युक्रेनका लागि आगामी हप्ता निर्णायक हुन्छन्

नेपालभ्युज

ईयू नेता भन्छन्- युक्रेनका लागि आगामी हप्ता निर्णायक हुन्छन्
फाइल फोटो

ब्रसेल्स । युक्रेनका लागि आगामी हप्ताहरू निर्णायक हुने भन्दै विश्व समुदायबाट युक्रेनको पक्षमा समर्थन जुटाउन यूरोपेली अधिकारीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीसँग बताएका छन् ।

युरोपेली परिषद्का प्रमुख चार्ल्स मिसेलले युरोपेली नेताहरूसँग राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको भेटपछि आगामी हप्तामा रूसको आक्रमणलाई नियन्त्रणमा लिन दिशा तय गर्न सकिने उनले बताएका हुन् ।

‘आगामी केही हप्ता वा महिनाहरू सम्भवतः निर्णायक हुनेछन् । यो काँप्ने समय होइन, पूर्ण समर्थन जुटाउने समय हो,’ युरोपेली परिषद्का अध्यक्षले जेलेन्स्कीसँग भने ।

त्यसैगरी बेलायतले युक्रेनी लडाकु पाइलटलाई प्रशिक्षण दिने र उक्त प्रस्तावलाई ‘दीर्घकालीन’ रुपमा विचार गर्ने बताएको छ । यद्यपि संयुक्त राज्य अमेरिका र अन्य नेटो सहयोगीहरू द्वन्द्वमा थप फस्ने डरमा छन् ।

‘हामी यी निर्णयहरू सावधानीपूर्वक लिन्छौं, सोचविचार गरेर गर्छौं,’ बेलायती प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले केही युरोपेली राजधानीहरूमा ती चिन्ताहरूको बारेमा सोधिएको प्रश्नमा कीभलाई हतियार बनाउने व्यापक नीतिको बारेमा पत्रकारहरूसँग बताए ।

उनले भने, ‘हामी सम्भावित जोखिमबारे सचेत छौं । तर हामी विश्वस्त छौं कि हामीले लिइरहेको दृष्टिकोण युक्रेनलाई यो युद्ध अन्त्य गर्न मद्दत गर्ने सबैभन्दा राम्रो र छिटो तरिका हो, जुन सबैको हितका लागि स्पष्ट देखिन्छ ।’  एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved