उपराष्ट्रपतिका खसमको ओठमा अमेरिकी प्रथम महिलाको चुम्बन !

फोटोमा जिल वा डग कसले गल्ती गरेका हुन् भन्न सकिन्न तर त्रुटी भएको देखिन्छ ।

नेपालभ्युज

उपराष्ट्रपतिका खसमको ओठमा अमेरिकी प्रथम महिलाको चुम्बन !

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनकी जहान जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् । आफ्ना स्वामी ‘स्टेट अफ द युनियन’ सम्भाषणका निम्ति तयार मञ्चमा उक्लनै लाग्दा उनले डग एम्होफको हात समाएर आलिङ्गनका साथ ओठमै चुम्बन गरेपछि भाषण सुन्न बसेका उच्च नेतृत्वको ध्यान र नयन राष्ट्रपतिबाट मोडिएर उनकी भार्यामा पुगेको थियो ।

सामान्यतया पश्चिमा मुलुकमा अभिवादन वा स्नेह प्रकट गर्दा आलिङ्गनका साथ ओठले स्पर्श नगरी निधार वा गालामा चुम्बन गरिन्छ तर आज ‘प्रथम महिलाले द्वितीय भद्रपुरूषलाई’ गरेको मैत्रीपूर्ण अभिवादन ‘भाइरल’ हुने प्रकृतिको थियो ।

ओठमा चुम्बन गरेको स्पष्ट देखिने जुम गरिएको तस्बिर सार्वजनिक गर्दै न्युयोर्क टाइम्सको सचित्र प्रकाशन‘स्मुच अफ द युनियन’मा भनिएको छ । फोटोमा जिल वा डग कसले गल्ती गरेका हुन् भन्न सकिन्न तर त्रुटी भएको देखिन्छ । बाइडेन प्रशासनको आलोचक फक्स न्युजले पनि उक्त तस्बिरको आलोचना गरेको छ भने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका भूतपूर्व सल्लाहकार केलीन कानवेले उक्त तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ठट्टा गरेका छन्–’वास्तवमै कोभिड सकिएछ ।’ एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved