सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात, विस्तारै पूर्वतर्फ सर्दै

नेपालभ्युज

सुदूरपश्चिम र कर्णालीमा वर्षा र हिमपात, विस्तारै पूर्वतर्फ सर्दै
फाइल तस्वीर

काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशमा हल्का वर्षा र हिमपात भइरहेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण त्यस क्षेत्रमा गएरातिदेखि वर्षा र हिमपात भइरहेको मौसम पूर्वानुमान शाखाका मौसमविद् प्रतिभा मानन्धरले बनाइन्। उनका अनुसार यी प्रदेशमा आज पनि हल्का वर्षा र हिमपातको अनुमान छ ।

वर्षा र हिमपात गराउने प्रणाली विस्तारै पूर्व सरिरहेको छ । लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रमा पनि हल्का वर्षाको अनुमान छ भने गण्डकी प्रदेशको मौसम बदली हुनेछ ।

आज बाग्मती, मधेस प्रदेश र प्रदेश १ को मौसम भने सामान्यतया सफा नै रहने मौसमविद्को अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved