पश्चिमी क्षेत्रमा आज रातिदेखि वर्षा र हिमपात, विस्तारै पूर्वतर्फ सर्ने

नेपालभ्युज

पश्चिमी क्षेत्रमा आज रातिदेखि वर्षा र हिमपात, विस्तारै पूर्वतर्फ सर्ने

काठमाडौं । आज सोमबारदेखि देशमा हिउँदे वर्षाको सम्भावना छ । सुदूरपश्चिमबाट भित्रिएको प्रणाली आउँदो विहीबारसम्म देशको पूर्वीभागसम्म पुग्ने मौसमविद्को अनुमान छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा आज राति पानी पर्ने सम्भावना रहेको तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

आज सामान्य वर्षा हुने र यो बढ्दै जाने उनको भनाई छ । सुदूरपश्चिम,कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म पश्चिमी न्युनचापीय प्रणालीको पूर्ण असर रहनेछ । वागमती, मधेस र प्रदेश एकमा भने न्युन प्रभाव रहनेछ । काठमाडौंमा  पनि हल्का वर्षाको सम्भावना छ । हिमाली भेगमा भने एक हप्तासम्म हिमपातको सम्भावना रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved