युभेन्ट्सलाई १५ अङ्क जरिवाना काट्दा  तेस्रो स्थानबाट १०औँ स्थानमा झर्‍यो

नेपालभ्युज

युभेन्ट्सलाई १५ अङ्क जरिवाना काट्दा  तेस्रो स्थानबाट १०औँ स्थानमा झर्‍यो

एजेन्सी। इटालियन फुटबल महासंघले सिरी ‘ए’ क्लब युभेन्ट्समाथि जरिवानास्वरूप भारी अङ्क कटौती गरेको छ।

ट्रान्सफर बजारमा खेलाडी खरिद, बिक्री तथा आर्थिक प्रतिवेदनमा सही हिसाब नदेखाएको भन्दै इटालीको फुटबल महासंघले युभेन्ट्सलाई कारबाही गरेको हो।

उपाधि होडमा रहको युभेन्ट्स ३७ अङ्कका साथ तेस्रो स्थानमा रहेको थियो। १५ अङ्कको जरिवानासँगै क्लब २२ अङ्कका साथ १०औँ स्थानमा झरेको छ। महासंघका अनुसार क्लबले आर्थिक प्रतिवेदनमा हिसाब मिलाउन आफै‍ँ स्रोत जम्मा गरेको थियो। तर क्लबले भने यसप्रति असहमति जनाउँदै अपिल गर्ने जनाएको छ।

महासंघले क्लबका केही पधाधिकारीहरुलाई प्रतिबन्धसमेत लगाएको छ। पूर्वस्पोर्ट डिरेक्टर फावियो पराटिकीलाई ३० महिना प्रतिबन्ध लगाएको छ। उनी अहिले टोटेनह्यामका म्यानेजिङ डिरेक्टर रहेका छन्।

त्यस्तै, क्लबका पूर्वकार्यकारी मउरिजियो अरीभाविनेलाई २ वर्षको प्रतिब्न्ध र अहिलेका स्पोर्टस् डिरेक्टर फेडेरिको चुरुविनीलाई १६ महिना प्रतिबन्ध लगाउने जनाएको छ। महासंघले पूर्वअध्यक्ष सहित पूर्व र वर्तमान गरी ११ पधाधिकारीमाथि ‍कारबाही गरेको छ।

युभेन्टसले पछिल्ला सिजनमा खेलाडी अनुबन्धित गर्दा प्रतिवेदनमा हिसाब देखाउने क्रममा प्रक्रिया नपुर्‍याएर छलेको आरोप थियो। विशेषगरी कोभिडको समय र क्लबले क्रिस्टियानो रोनाल्डो, आर्थर, डे लिग्ट लगायतका अनुबन्धनमा पारदर्शी नभएको महासंघको बुझाइ छ।

युभेन्टसले आफ्नो प्रतिबन्ध फिफा र यूईएफएमार्फत संसारभर कार्यन्वयन गरिने जनाएको छ। यसको अर्थ उनीहरू विश्वका कुनै पनि क्लबमा गएर फुटबल गतिविधि गर्न पाउने छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved