थोत्रा विमान सञ्चालकलाई कारबाही गर्न सरकारलाई कसले रोक्यो ? : सीके राउत

साइकल दुर्घटनामा साइकल चालकलाई कारबाही हुने तर विमान सञ्चालकलाई किन कारबाही नहुने भन्दै राउतले प्रश्न गरे।

नेपालभ्युज

थोत्रा विमान सञ्चालकलाई कारबाही गर्न सरकारलाई कसले रोक्यो ? : सीके राउत

काठमाडौं। नेपाल जनमत पार्टीका अध्यक्ष सीके राउतले पोखरामा भएको यती एअरको विमान दुर्घटनाबारे सदनमा प्रश्न उठाएका छन्।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै सरकारको ध्यानाकर्षण गराए। साइकल दुर्घटनामा साइकल चालकलाई कारबाही हुने तर विमान सञ्चालकलाई किन कारबाही नहुने भन्दै राउतले प्रश्न गरे।

उनले प्रश्न गरे ‘‘आज पनि मोटरसाइकलले ठोक्किएर मृत्यु भयो भने प्रहरीले के गर्छ? पहिले धनीलाई खोजेर कारबाही गर्छ। थोत्रा प्लेनलाई ल्याएर चलाउने सञ्चालक र टोलीलाई प्रहरीले पक्रेर कारबाही गर्न कसले रोकेको छ ?’’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved