अनुगमनका लागि मन्त्री किराँती त्रिभुवन विमानस्थलमा

नेपालभ्युज

अनुगमनका लागि मन्त्री किराँती त्रिभुवन विमानस्थलमा
फाइल तस्वीर

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् ।

आज बिहान विमानस्थल पुगेका मन्त्री किराँतीले सरसफाइ र आगमन कक्षतर्फका लिफ्ट, स्केलेटर र ट्रयाबलेटरको पनि अनुगमन गरेको विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।

अनुगमनका क्रममा मन्त्री किराँतीले विमानस्थलका शौचालयहरू सफा राख्न र आगमन कक्षलाई व्यवस्थित र सुरक्षित राख्न निर्देशन दिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved