कर्णालीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

नेपालभ्युज

कर्णालीका मुख्यमन्त्रीले शुक्रबार विश्वासको मत लिने

सुर्खेत । कर्णालीका प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले शुक्रबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री शर्माले मुख्यमन्त्रीमा निर्वाचित भएको १० दिनपछि विश्वासको मत लिने भएका हुन् ।

मुख्यमन्त्री कर्णाली प्रदेशसभा सचिवालयमा मंगलबार साँझ विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले माघ ६ गते दिउँसो एक बजे बस्ने बैठकमा विश्वासको मत लिने प्रस्ताव पेश गर्ने निर्णय गरेको प्रदेशसभाका सचिवालयका सचिव जीवराम बुढाथोकीले बताए ।

‘माघ ६ गते बस्ने प्रदेशसभा बैठकका लागि सोही दिन विहान बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले सूचि तय गर्ने निर्णय भएको छ,’ उनले भने,‘प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन पत्र दर्ता गरेको ४८ घण्टा भित्र विश्वासको मत लिनुपर्ने हुन्छ । त्यसै अनुसार कार्यसूची तयार पारिएको हो ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved