मन्त्रिपरिषद् बैठकको निर्णय : उखुको मूल्य तोक्नेदेखि पदकको मापदण्ड बनाउनेसम्म

नेपालभ्युज

मन्त्रिपरिषद् बैठकको निर्णय : उखुको मूल्य तोक्नेदेखि पदकको मापदण्ड बनाउनेसम्म

काठमाडौं। मन्त्रिपरिषद् विस्तारपछि आज पहिलो बैठक बसेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ ।

मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने निर्णय गरेको छ । विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गरिएको छ ।

हालसम्म हुँदै आएको पदक वितरण उचित नभएको भन्दै आफ्नो क्षेत्रका विशिष्ट व्यक्तिले पदक पाउने गरी मापदण्ड बनाउने समझदारी भएको छ ।

क्रसर उद्योगका विषयमा सम्बन्धित पक्षका पनि कुरा सुनेर छिट्टै समस्या समाधान गर्ने निर्णय बैठकले गरेको छ । देशभरका अधिकांश क्रसर उद्योग अवैधानिक रुपमा सञ्चालन भइरहेकाले हाल बन्द गरिएको छ ।

सरकारले उखुको मूल्य प्रति क्विन्टर ५४० रुपैयाँ तोकेको छ । त्यस्तै, उखुको ढुवानी भाडा प्रतिक्विन्टल ७० रुपैयाँ सरकारले व्यहोर्ने पनि निर्णय गरेको उपप्रधानमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved