हत्केला जोड्दा बन्ने अर्धचन्द्र रेखाको अर्थ जान्नुहोस

नेपालभ्युज

हत्केला जोड्दा बन्ने अर्धचन्द्र रेखाको अर्थ जान्नुहोस

एजेन्सी । ज्योतिषका अनुसार हस्तरेखाले मानिसको भाग्य र चरित्र बताउने गर्छ । हत्केलामा बनेका रेखाहरुले मानिसको भूत, भविष्य र वर्तमानको बारेमा चित्रण गर्ने दाबी गरिन्छ ।

यस्तै दुई हत्केला जोड्दा हातमा बन्ने अर्धचन्द्रको के अर्थ लाग्छ जानौं ।

दुई हातको हत्केला जोड्दा यदी कान्छी औंलाको तलबाट सुरु हुने हृदय रेखा जोडिँदा अर्धचन्द्र बन्छ भने यो शुभ चिन्ह हो । तर यो सबैको हातमा बन्दैन ।

अर्धचन्द्र बनेको हत्केला भएका मानिस आकर्षक स्वभावका हुन्छन् । यस्ता मानिस जीवनसाथीप्रति धेरै भावुक हुन्छन् तर आफ्नो भावना लुकाउने कोशिश गर्छन् । यिनीहरुको दिमाग तिखो हुन्छ । यिनीरुका लागि कुनै पनि कुरा गाह्रो हुँदैन ।

दुई हत्केला जोड्दा सिधा रेखा बन्यो भने त्यस्तो व्यक्ति शान्त र दयालु हुन्छ । उनीहरुलाई हरेक काम बिस्तारै गर्न मन लाग्छ । तर सिधा रेखा बन्ने मानिस दुर्लभै हुन्छन् भनिन्छ ।

हत्केला जोड्दा यी रेखाहरु जोडिएनन् वा बांगोटिंगो देखिए भने उक्त व्यक्ति आफूभन्दा ठूलो उमेरका मानिससँग बस्न मन पराउँछ । यस्ता मानिस निष्फिक्री हुन्छन् । अर्काले के सोच्छन् भनी यस्ता मानिसले मतलब गर्दैनन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved