कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ निर्वाचित

नेपालभ्युज

कर्णाली प्रदेशको सभामुखमा नन्दा गुरुङ निर्वाचित

सुर्खेत। कर्णाली प्रदेशको सभामुखको निर्वाचनमा नन्दा गुरुङ निर्वाचित बनेकी छन् । आइतबार भएको प्रदेशसभा सभामुखको निर्वाचनमा गुरुङले २४ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएकी हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर पोखरेलले १४ मत प्राप्त गरे ।

उनलाई कांग्रेसको मात्रै मत प्राप्त भएको हो । एमालेकी गुरुङलाई एमालेको १०, नेकपा (माओवादी केन्द्र) को १३, र राप्रपा वा एकीकृत समाजवादीको १ मत प्राप्त भएको छ । ४९ सदस्यीय सभामा ३८ जनाले भाग लिएका थिए। गुरुङ समानुपातिक कोटाबाट सांसद बनेकी हुन् ।

एमाले प्रदेश कमिटी सदस्य  गुरुङ कर्णालीको दोस्रो सभामुख बनेकी हुन् । ०७४ मा दैलेखका राजबहादुर शाही प्रदेशको पहिलो सभामुख बनेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved