प्रभु बैंकका अध्यक्ष सिटौलाले गरे शपथसँगै पदभार ग्रहण

नेपालभ्युज

प्रभु बैंकका अध्यक्ष सिटौलाले गरे शपथसँगै पदभार ग्रहण

काठमाडौं ।  प्रभु बैंक लि. का सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिला प्रकाश सिटौलाले पदभार ग्रहण गरेका छन् । सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिएसँगै आजै बैंकको सञ्चालक समितिको २८०औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको पदभार ग्रहण गरेका हुन् । बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनी पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकबाट सञ्चालक समितिको अध्यक्ष पदमा चयन भएका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधी हासिल गरेका उनले नेपालको बैंकिङ्ग क्षेत्रमा लामो कार्यानुभव संगालेका छन् । नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भएका उनले कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए । उक्त अवधिमा परम्परागत रुपमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको कृषि विकास बैंकलाई डिजिटल प्रविधिमा लैजान उनको विशेष योगदान रहेको थियो ।

सिटौलाले उक्त अवधिमा नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही कार्य गरिसकेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved