निर्मला कुर्मी प्रकरण छानबिनको माग गर्दै माइतीघरको सडकमा आज पनि धर्ना

नेपालभ्युज

निर्मला कुर्मी प्रकरण छानबिनको माग गर्दै माइतीघरको सडकमा आज पनि धर्ना

काठमाडौं। बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरण छानबिन र दोषीलाई कारबाहीको माग गर्दै राजधानीको माइतीघर मण्डलामा आज पनि धर्ना दिइएको छ । महिला अधिकारकर्मी रुबी खानसहितको टोलीले चार बुँदे माग राखेर धर्ना जारी राखेको हो ।

निर्मलाको अपहरण गरी शरीर बन्धक बनाएर हत्या गरिएको भन्दै धर्नाकारीले न्यायको माग गरेका हुन् । साथै, सीआईबीको अनुसन्धान एक वर्ष पूरा भए पनि अधूरै रहेको उनीहरूको आरोप छ ।

उनीहरूले निर्मला हत्याको घटनामा न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने, आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गर्नुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याउनुपर्ने र महिला आन्दोलनकारीलाई सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेलगायत माग राखेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved