भारतको लखनउमा बस दुर्घटनामा परेर तीन जना नेपालीको मृत्यु

नेपालभ्युज

भारतको लखनउमा बस दुर्घटनामा परेर तीन जना नेपालीको मृत्यु

धनगढी। भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना हुँदा तीन जना नेपालीसहित चार जनाको मृत्यु भएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका तीन जना नेपाली टीकापुरका हुन् ।

दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ । प्रहरीकाअनुसार टीकापुर नगरपालिका–१ का ५५ वर्षीय चन्द्र साउद, ४५ वर्षीय ललित साउद र २० वर्षीया निर्मला बोहराको मृत्यु भएको छ ।

दुर्घटनामा ज्यान गुमाउने अर्का व्यक्ति भने भारतीय चालक हुन् । अन्य १७ जना घाइते भएका छन् । बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो । बस दुर्घटनाको कारण खुलेको छैन ।

भारतमा केही दिनयता बाक्लो हुस्सु र कुहिरो लागेको छ । भिजिबिलिटी कमजोर भएकाले यात्रा कठिन भइरहेको समाचार भारतीय मिडियाहरूले लेखेका छन् । दुर्घटनाको कारण पनि त्यही हुनसक्ने अनुमान छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved