मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

मधेस प्रदेशमा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

जनकपुरधाम। मधेस प्रदेश सभाको पहिलो ठूलो दल नेकपा एमाले संसदीय दलको नेतामा सरोज यादव चयन भएका छन्। मधेस प्रदेश पार्टी कमिटीले दलको नेतामा यादवलाई चयन गरेको हो ।

मंगलबार जनकपुरमा एमाले संसदीय दलको बैठक थियो । आकांक्षीहरू बढी भएपछि दलको नेता चयन गर्ने जिम्मा प्रदेश कमिटीलाई दिइएको थियो । प्रदेश कमिटीले यादवको नाम चयन गरेको एमाले नेता सोमप्रसाद शर्माले जानकारी दिए। एमाले केन्द्रीय सदस्यसमेत रहेका यादव महोत्तरी क्षेत्र नं. ४ (क) बाट निर्वाचित भएका हुन्।

दलको नेताका लागि एमाले केन्द्रीय सदस्य रहेका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदा देवी थापा लगायतको समेत दाबी रहेको थियो ।

मधेस प्रदेशको नेकपा एमालेका २३ सांसदसहित पहिलो दलको रूपमा रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved