ग्लोबल आईएमई बैंकद्वारा १६औँ वार्षिकोत्सवमा बृहत् रक्तदान

नेपालभ्युज

ग्लोबल आईएमई बैंकद्वारा १६औँ वार्षिकोत्सवमा बृहत् रक्तदान

काठमाडौं। ग्लोबल आईएमई बैंकले आफ्नो १६औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरूपमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

बैंक पुस १८ गते सोमबारदेखि स्थापनाको १६ वर्ष पूरा गरी १७औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले सोमबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

यस कार्यक्रमअन्तर्गत, प्रदेश १ को बिर्तामोड शाखा, झापा, मधेश प्रदेशको मिर्चैया शाखा, सिरहा, बाग्मती प्रदेशको कान्तिपथ शाखा, काठमाडौं, बाग्मती प्रदेशको भरतपुर शाखा, चितवन, गण्डकी प्रदेशको न्युरोड शाखा, पोखरा, कास्की, लुम्बिनी प्रदेशको घोराही शाखा, दाङ, कर्णाली प्रदेशको सुर्खेत शाखा, वीरेन्द्रचोक र सुदूरपश्चिम प्रदेशको चौराहा, धनगढी शाखा, कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

देशभर आयोजित कार्यक्रममा ५१२ रक्तदाताहरूबाट २४२ लिटर रगत दान गरिएको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजोपयोगी कार्यमार्फत आम जनमानसलाई प्रत्यक्षरूपमा लाभान्वित गर्दै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved