१७.५६ अंक बढेर नेप्से बन्द, कारोबारमा कमी

नेपालभ्युज

१७.५६ अंक बढेर नेप्से बन्द, कारोबारमा कमी

काठमाडौं। सोमबार १७.५६ अंक बढेर नेप्से बन्द भएको छ । यस दिन नेप्से परिसूचक ०.८६ प्रतिशत बढेर २०६३.८३ विन्दुमा रोकिएको छ ।

आइतबार पनि नेप्से परिसूचक १७ अंक बढेको थियो । तर, कारोबार रकममा भने कमी आएको छ । आइतबार चार अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो ।

पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेसँगै दैनिक नेप्से परिसूचक बढ्दै गएको छ । आइतबार २५३ धितोपत्रको ८२ लाख ७१ हजार ३५५ कित्ता दुई अर्ब ९६ करोड रुपैयाँमा खरिद–बिक्री भएको छ । आज एक करोड कित्ताभन्दा बढी धितोपत्र खरिद–बिक्री भएको थियो ।

यसदिन धौलागिरी लघुवित्त वित्तीय संस्था र सिर्जनशील लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ९.९९ प्रतिशत, अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९८ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९ प्रतिशतले वृद्धि भएको छ ।

नबिल बैंकको सर्वाधिक रकमको सेयर खरिद–बिक्री भएको छ । यो बैंकको १६ करोड ८४ लाख रुपैयाँको सेयर मूल्य खरिद–बिक्री भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved