कर्णाली प्रदेशसभाका पहिलो बैठक बस्दै, यस्ता छन् कार्यसूची

कर्णाली प्रदेशसभाका पहिलो बैठक बस्दै, यस्ता छन् कार्यसूची

सुर्खेत। कर्णाली प्रदेशसभाको बैठक आज (सोमबार) बस्न लागेको छ । कर्णाली प्रदेशसभाको द्राश्रो कार्यकालको पहिलो बैठक आज दिउँसो १ बजे बस्ने भएको हो ।

पुस १३ गते कर्णाली प्रदेश प्रमुख तिलक परियारले कर्णाली प्रदेशसभाको बैठक पुस १८ गतेका लागि बोलाएका थिए । कर्णाली प्रदेशसभाको बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए ।

प्रदेशसभाको पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रलाई पढेर सुनाउने, दलीय धारणा राख्ने कार्यतालिका रहेको छ ।

कर्णाली प्रदेशसभामा सभामुख÷उपसभामुख चयन नहुञ्जेलसम्मका लागि जेष्ठ सदस्य एमालेका सांसद विनोदकुमार शाहले बैठकको अध्यक्षता गर्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved