इंग्लिस प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो, टोटनहम एस्टन भिल्लासँग हार्यो

नेपालभ्युज

इंग्लिस प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो, टोटनहम एस्टन भिल्लासँग हार्यो

काठमाडौं।  इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा चेल्सीले नटिङघम फरेस्टसँग १-१ गोलको बराबरी खेलेको हो ।

१६ औं मिनेटमा रहिम स्टरलिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ६३ औं मिनेटमा सेर्जी औरिएरले गोल गर्दै फरेस्टलाई १-१ गोलको बराबरीमा ल्याए । बराबरीसँगै चेल्सीले १६ खेलमा २५ अंकसहित चेल्सी आठौं स्थानमा रहेको छ । फरेस्ट १८ औं स्थानमा रहेको छ ।

गएराति नै भएको अर्को टोटनहम एस्टन भिल्लासँग २-० गोलले हार्यो । एस्टनको जितमा ईमी बुएन्डिया र डग्लास लुइजले एक एक गोल गरे ।

जितसँगै एस्टन भिल्ला १७ खेलमा २१ अंक जोडेर १२ औं स्थानमा रहेको छ । टोटेनहम ३० अंकसहित पाँचौं स्थानमा रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved