अत्याधुनिक प्रविधि तथा थप बैंकिङ सुविधासहित प्रभु बैंकको मोबाइल बैंकिङ सेवा 

नेपालभ्युज

अत्याधुनिक प्रविधि तथा थप बैंकिङ सुविधासहित प्रभु बैंकको मोबाइल बैंकिङ सेवा 

काठमाडौं। प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले साविकमा सञ्चालन गरिरहेको प्रभु मोबाइल बैंकिङ सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नत्ति गरी थप बैंकिङ सुविधासहित Digi Prabhu नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ ।

बैंकले पुस १६ गतेदेखि सञ्चालनमा ल्याएको Digi Prabhu मार्फत् प्रभु बैंक लि. का ग्राहकहरूले आफुले चाहेको समयमा, जुनसुकै स्थानबाट मोबाईल, ट्याबलेट, ल्यापटपको माध्यमबाट प्रभु बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरू उपभोग गर्न सकिनेछ ।

उपलव्ध सेवाहरू उपभोग गर्नका लागि बैंकका हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले आफ्नो मोबाइल बैंकिङ्ग एपलाई अद्यावधिक-अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरूले Apple Store वा Google Play Store वा बाट एपलाई डाउनलोड गरी प्रयोग गर्न सकिनेछ ।

आधुनिक र नविनतम् प्रविधि प्रयोग गरेर बनाइएको मोबाईल बैंकिङ्ग एपको नयाँ संस्करण ग्राहकहरूले सजिलै वेब ब्राउजर https://digiprabhu.prabhubank.com को माध्यमबाट समेत प्रयोग गर्न सकिनेछ ।

यस मार्फत् ग्राहकहरूले निम्न बैंकिङ्ग सुविधाहरूको लाभ लिन सक्नुहुनेछ ।

१. पासवर्ड र पिन बिर्सिएमा आफैले रिसेट गर्न सकिने ।
२. मोबाईल बैंकिङ्गमा भएको Cardless सुविधा प्रयोग गरी एटिएमको माध्यमबाट नगद झिक्न सकिने ।
३. बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न सकिने ।
४. बैंकका कर्मचारीहरूसँग भेटने समय सुनिश्चित गर्न सकिने ।
५. eVouche को माध्यमबाट नगद निक्षेप गर्न सकिने ।
६. eCash को माध्यमबाट प्रभु बैंकमा खाता नभएका ग्राहकहरूले समेत मोबाईलमा प्राप्त कोडको आधारमा रकम झिक्न सकिने ।
७. FonePay तथा NepalPay QR मा क्अबल गरी QR कोडमा आधारित सरल भुक्तानी गर्न सकिने ।

उपरोक्त बैंकिङ्ग सुविधाहरूका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ्ग मार्फत QR कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरू पनि ग्राहकहरूले उपभोग गर्न सक्नुहुनेछ ।

डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरूलाई छिटो तथा सहज रुपा बैंकिङ्ग सुविधा उपलब्ध गराउने लक्ष्य लिई आगामी दिनहरूमा मोबाईल बैंकिङ्ग सेवामा थप सुविधाहरू क्रमशः डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने, कार्डसँग सम्बन्धित विभिन्न सेवा थप गरी बैंकिङ्ग सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्री र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ ।

ग्राहकमैत्री प्रविधिहरू भित्राउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरू जस्तै अनलाईनबाट बचत तथा मुद्दती खाता खोल्न सकिने, विना कुनै झञ्झट फोनलोन सेवाको उपभोग गर्न सकिने जस्ता सुविधाहरू पनि आफ्ना ग्राहक महानुभावहरूलाई प्रदान गर्दै आइरहेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले हाल देशभर २१७ वटा शाखा, १९४ वटा एटिएम, ६३ वटा एक्स्टेन्सन काउन्टर तथा ७०० भन्दा बढी पीओएस मेसिन मार्फत् उच्चस्तरीय एवं प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved