वास्तुशास्त्र अनुसार यस्ता सामान अरुसँग मागेर प्रयोग गर्नुहुँदैन

नेपालभ्युज

वास्तुशास्त्र अनुसार यस्ता सामान अरुसँग मागेर प्रयोग गर्नुहुँदैन

एजेन्सी । प्रायः मानिसहरु आफ्ना साथीहरु वा आफन्तहरुलाई उनीहरुको सामानहरु प्रयोग गर्न सोध्ने गर्छन् । साथसाथै केही मानिसहरु पनि हुन्छन् जसले आफ्नो सामान अरुलाई दिन्छन् ।

वास्तुशास्त्रमा यस्ता धेरै कुराहरु बताइएका छन् जसको आदानप्रदान निकै अशुभ मानिन्छ ।

वास्तु शास्त्रका अनुसार अरुका केही चीजहरु प्रयोग गरेर वा तपाईंको चीजहरु उनीहरुलाई दिँदा समस्या र दुर्भाग्यले तपाईंलाई घेर्न सक्छ ।

यस्ता चीजहरुबारे बताउन चाहन्छौं जुन कहिल्यै कसैसँग सेयर गर्नुहुँदैन ।

मागेर अर्को व्यक्तिको औंठी कहिल्यै नलगाउनुहोस् । ज्योतिषीका अनुसार यसो गर्दा तपाईंको समस्या बढ्न सक्छ । जीवनका धेरै महत्वपूर्ण विषयहरु औंला र औंठीसँग सम्बन्धित छन् । त्यसकारण अरु कसैको औंठी मागेर कहिल्यै नलगाउनुहोस् ।

एउटा भनाई छ कि अर्काको घडी माग्दा हाम्रो जीवनमा अशुभ समय आउँछ । वास्तुका अनुसार हामीले अरुको घडी मागेर लगाउनु हुँदैन । घडी मानव समयसँग जोडिएको छ ।

साथै अरुको रुमाल पनि कहिल्यै प्रयोग गर्नुहुँदैन । वास्तुका अनुसार यो सही पनि होइन । भनिन्छ एक अर्कासँग रुमाल बाँड्दा सम्बन्धमा तिक्तता पैदा हुन्छ ।

कसैको शरीरबाट आएको लुगा लगाउनुलाई पनि दुर्भाग्यको रुपमा लिइन्छ । अरुको लुगा लगाउनाले दुर्भाग्य ल्याउँछ, त्यसैले त्यसो गर्नबाट बच्नुपर्छ ।

अरुको लुगा मागेर लगाउनु हुन्छ भने आजबाटै आफ्नो बानी बदल्नुहोस् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved