मधेस प्रदेश : कांग्रेस संसदीय दलको नेतामा कृष्ण यादव निर्वाचित

नेपालभ्युज

मधेस प्रदेश : कांग्रेस संसदीय दलको नेतामा कृष्ण यादव निर्वाचित

धनुषा। नेपाली कांग्रेसका मधेस प्रदेश संसदीय दलको नेतामा कृष्ण यादव चयन भएका छन् । पार्टी कार्यालयमा बिहीबार भएको मतदानमा उनले प्रदेशमा १८ मत पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रामसरोज यादवले ४ मत मात्रै पाएको निर्वाचन समितिले जनाएको छ ।

रौतहटबाट प्रदेशसभामा निर्वाचित कृष्ण कांग्रेस मधेस प्रदेशका सभापतिसमेत हुन् । यस्तै, रामसरोज धनुषाबाट प्रदेश सांसदमा निर्वाचित भएका हुन् ।

नेता चयनका लागि चन्द्रशेखरकुमार यादवको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो ।

दलको नेता चयन भएका कृष्णा पार्टीको केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved