रेलले किचेर धनुषामा एक जनाको ज्यान गयो

नेपालभ्युज

रेलले किचेर धनुषामा एक जनाको ज्यान गयो
फाइल तश्वीर

धनुषा । धनुषामा रेलले किचेर एक जनाको ज्यान गएको छ । जयनगरबाट जनकपुरधामतर्फ गइरहेको रेलले किचेर एक जनाको ज्यान गएको हो । ज्यान गुमाउनेको परिचय खुलेको छैन ।

विदेह नगरपालिका वैदेही स्टेसनमा रेल चढ्न लागेका बेला खुट्टा अड्किएका व्यक्तिको रेलले किचेर ज्यान गएको प्रहरीको भनाइ छ । घटनाको थप विवरण आउन बाँकी छ । अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ।

पछिल्लो पटक रेल सञ्चालन भएयता ज्यान गएको यो पहिलो घटना हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved