सलमान खानको घरबाहिर हजारौँको भीड, प्रहरीले गर्‍यो लाठीचार्ज (भिडियो सहित)

नेपालभ्युज

सलमान खानको घरबाहिर हजारौँको भीड, प्रहरीले गर्‍यो लाठीचार्ज (भिडियो सहित)

नयाँ दिल्ली। भारतीय अभिनेता सलमान खानको घर बाहिर जम्मा भएको भीड नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज गर्नुपरेको छ । सलमान खानको जन्मदिनको अवसरमा उनलाई हेर्न उनको घर ग्यालेक्सी अपार्टमेन्ट बाहिर सयौं मानिस जम्मा भएका थिए ।

समाचार एजेन्सी एएनआईले एउटा भिडियो सेयर गरेको छ, जसमा सलमान आफ्नो बालकनीमा उभिएर सडकमा जम्मा भएका मानिसहरूलई अभिवादन गरेका छन् । सलमानको अभिवादनपछि भीड उग्र भएको थियो ।

त्यसपछि प्रहरीले लाठीचार्ज गरेका थियो । सलमानको घरबाहिरको सडक नै प्रहरीले बन्द गराएको थियो भने पुलिसको लाठीचार्जपछि सडकभरी जुत्ता र चप्पल देखिएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved