५ महिनामा वैदेशिक व्यापार : ६.६४ खर्बको आयात हुँदा ६७ अर्बको मात्रै निर्यात

आयात र निर्यात दुवै घट्यो

नेपालभ्युज

५ महिनामा वैदेशिक व्यापार : ६.६४ खर्बको आयात हुँदा ६७ अर्बको मात्रै निर्यात

काठमाडौं। चालू आर्थिक वर्षको ५ महिनाको अवधिमा झन्डै ६ अर्बबराबरको व्यापार घाटा भएको छ । यस अवधिमा विदेशबाट ६ खर्ब ६४ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा उक्त मूल्य बराबरको वस्तु आयात भएको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस अवधिमा २०.७१ प्रतिशतले आयात घटेको छ । गत आर्थिक वर्षको यही अवधिमा विदेशबाट ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

यस्तै, ५ महिनाको अवधिमा नेपालबाट ६७ अर्ब ३० करोड ४५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । गत वर्षको यही अवधिमा नेपालबाट १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो । जुन, यो वर्षको तुलनामा ३४.६१ प्रतिशत बढी हो ।

आयात र निर्यात घटेसँगै नेपालको वैदेशिक व्यापारसमेत खुम्चिएको छ । गत आर्थिक वर्षको ९ खर्ब ४१ अर्ब ३२ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो । जुन, यो वर्षको ५ महिनाको अवधिमा ७ खर्ब ३२ अर्ब ५ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । यो गत वर्षको तुलनामा २२.२३ प्रतिशत कम हो ।

यस्तै, चालू वर्षमा नेपालको वैदेशिक व्यापार घाटा समेत घटेको छ । आयात खुम्चिएपछि चालू वर्षको ५ महिनाको अवधिमा १८.७७ प्रतिशतले व्यापार घाटा खुम्चिएको छ । गत वर्ष ७ खर्ब ३५ अर्ब ४८ करोड रुपैयाँ व्यापार घाटा भएको थियो । जुन, यो वर्ष ५ खर्ब ९७ अर्ब ४४ करोड रुपैयाँमा सीमित छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved