सुन व्यवसायीमाथि गोली प्रहार

नेपालभ्युज

सुन व्यवसायीमाथि गोली प्रहार
सांकेतिक तस्वीर।

काठमाडौं ।  कैलालीमा सुन व्यवसायीमाथि गोली  प्रहार भएको छ । अत्तरियास्थित घोडाघोडी १ बस्ने २८ वर्षीय विकास सुनारमाथी आइतबार साँझ साढे ६ बजे गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

न्यू घोडाघोडी सुनचाँदी पसल संचालन गर्दै आएका उनी पसल बन्द गरेर घर जाने क्रममा आक्रमणमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अत्तरियायाको पूर्वी सडकमा रहेको सशस्त्र प्रहरी बेस क्याम्प नजिकै मोटरसाइकलमा सवार २ जनाले गोली चलाएका थिए ।

गोली प्रहारबाट  सुनारको दाहिने हात र ढाडमा चोट लागेको छ ।  उनको हाल मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

गोली प्रहार गर्नेहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved