व्यावसायिक आइडिया भए लगानीको समस्या हुन्न : चन्द्र ढकाल

नेपालभ्युज

व्यावसायिक आइडिया भए लगानीको समस्या हुन्न : चन्द्र ढकाल

बुटवल। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अबको १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गर्ने लक्ष्य अगाडि सारेका छन् ।

नेपाल युवा उद्यमी मञ्च रुपन्देहीले शनिबार आयोजना गरेको युवा उद्यमी सम्मेलन कार्यक्रममा ढकालले यस्तो बताएका हुन् ।

चन्द्रागिरी हिल्स प्रालि तथा लुम्बिनी केवलकार प्रालिका अध्यक्ष समेत रहेका ढकालले आफ्नो कम्पनीले १० वर्षभित्र सातवटै प्रदेशमा केवलकार निर्माण गरी सञ्चालनमा ल्याउने बताए ।

उनले आगामी तीन महिनाभित्र बुटवलमा निर्माण भैरहेको लुम्बिनी केवलकार सञ्चालनमा आउने पनि जानकारी दिए ।

उनले व्यावसायिक आइडिया भए लगानीको समस्या नहुने बताउँदै भने ‘बुटवलमा बनिरहेको केवलकार तीन महिनाभित्रै सञ्चालनमा आउँछ।’

बुटवलको गोलपार्कदेखि पाल्पाको वसन्तपुर डाँडासम्ममा हाल निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी केवलकार दुई महिनाभित्र भौतिक संरचना निर्माण सम्पन्न हुने ढकालले जानकारी दिए ।

दुई महिनामा भौतिक संरचना निर्माण पश्चात तीन महिनामा अन्य प्राविधिक चेक जाँच सम्पन्न हुने र त्यसपश्चात केवलकार सञ्चालन हुने उनको भनाइ रहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved