मानव सेवा आश्रमका लागी धनगढीमा नेपथ्यको ‘लाइभ कन्सर्ट’ हुने

‘जसका कोही हुँदैनन्, जसको केही हुँदैन, उनैको सेवामा समर्पित’ भन्ने उद्देश्यले शुरु भएको मानव सेवा आश्रम बेसहाराका लागि सहारा बन्दै गएको छ। कैलालीको धनगढीमा ५ वर्ष पहिले स्थापना भएको आश्रमले हाल सम्म ३ सय ६९ जना बेसहारा तथा असहाय सेवा दिएको छ।

नेपालभ्युज

मानव सेवा आश्रमका लागी धनगढीमा नेपथ्यको ‘लाइभ कन्सर्ट’ हुने

धनगढी। ‘जसका कोही हुँदैनन्, जसको केही हुँदैन, उनैको सेवामा समर्पित’ भन्ने उद्देश्यले शुरु भएको मानव सेवा आश्रम बेसहाराका लागि सहारा बन्दै गएको छ। कैलालीको धनगढीमा ५ वर्ष पहिले स्थापना भएको आश्रमले हाल सम्म ३ सय ६९ जना बेसहारा तथा असहाय सेवा दिएको छ।

मानव सेवामा समर्पित हुँदै आएको आश्रमले आश्रमको भनवनिर्माण तथा अक्षयकोष निर्माणका लागी नेपथ्य ब्यान्डको सहयोगमा धनगढी ३ गते नेपथ्य लाईभ कन्सर्ट गर्ने भएको छ।

मानवता प्रवर्द्धन तथा मानवीय सहयोगका लागि मंसिर १९ गते विराटनगरबाट शुरु भएको ‘नेपथ्य लाईभ कन्सर्ट’ पुस ३ गते धनगढीमा हुने आयोजकले जनाएको छ।

मानव सेवा आश्रम केन्द्रीय अध्यक्ष रामजी अधिकारले नेपालका मुख्य १० सहरमा ‘नेपथ्य लाइभ कन्सर्ट’ आयोजना गरी मानव सेवा आश्रम भनवनिर्माण तथा अक्षयकोष स्थापना गर्ने उद्देश्य कार्यक्रमको आयोजना गरिएको बताए ।

उनले भने ‘आश्रममा आश्रित व्यक्तिहरूको खाना, नाना र छानाको व्यवस्थापनका लागी ठुलो धनराशि आवश्यक पर्नेहुँदा पनि संगितको सहारा लिएर कार्यक्रम गर्नुपरेको हो।’

पुस ३ गते धनगढीमा नेपथ्य लाईभ कन्सर्टले धनगढी शाखामा रहेका ५९ जना आश्रितलाई व्यवस्थापनमा सहज हुने छ। अहिलेसम्म धनगढी शाखाले २ सय २१ जनाको उद्धार गरेको छ। ८९ जनालाई परिवारसँग पुनर्मिलन गराएको छ।

मानव सेवा आश्रम सुदूरपश्चिमका संयोजक तथा मानव सेवा आश्रम धनगढीका प्रमुख आदर्श ढकालले सुदूरपश्चिमका विभिन्न जिल्लाबाट उद्धार गरी तारानगरमा रहेको आश्रम आश्रय दिने कामहुँदै आएको बताए।

मानव सेवा आश्रमको मुख्य आम्दानीको स्रोत भनेको मुठ्ठीदान नै हो। मान सेवा आश्रम धनगढीका अभिभावक सिद्धराज पनेरुले मुठ्ठीदानबाहेक जन्मदिन, विवाह बर्षगाठ, विभिन्न संघ संस्थाको वार्षिकोत्सव, व्रतबन्ध, छोराछोरीको न्वारन पास्नी लगायतमा गरिने खर्च कटाएर विभिन्न व्यक्ति तथा संघ संस्थाले गरेको सहयोगबाट आश्रम संञ्चालनहुँदै आएको बताए।

हेटौडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले अहिले १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिईरहेको छ। हाल देशभर एक हजार ६ सय भन्दा बढी वेसाहारा तथा असहायलाई सेवा दिईरहेको संस्थाले २०८२ भित्र नेपालका सडक पेटीलाई सडक आश्रित मानवरहित बनाउने उद्देश्य लिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved