विश्वकप फुटबल : बेल्जियम मोरक्कोसँग २-० ले स्तब्ध

यो जितसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ ।

नेपालभ्युज

विश्वकप फुटबल : बेल्जियम मोरक्कोसँग २-० ले स्तब्ध

काठमाडौं । विश्वकप फुटबलमा मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

अब्देलहामिद साबिरीले ७३ औ मिनटमा गरेको फ्रिकिक गोलबाट मोरक्कोले अग्रता लिएको थियो । इन्ज्युरी समयमा  जाकारिया अबोउखलालले दोस्रो गोल गरेपछि फिफा बरियतामा दोस्रो स्थानमा रहेको बेल्जियम स्तब्ध भएको थियो ।

मोरक्कोले पहिले हाफको अन्तिममा गरेको गोल अफसाइड घोषित भएको थियो । त्यसअघि बेल्जियमको दुई प्रहार गोलरक्षक मुनिर एल काजुइले बचाएका थिए ।

यो जितसँगै मोरक्को समूहको शीर्षस्थानमा उक्लिएको छ । मोरक्कोको २ खेलमा ४ अंक तथा बेल्जियमको ३ अंक छ । क्रोएसिया १ अंक र क्यानडा अंकविहिन छ । आजै क्यानाडा र क्रोएसिया भिड्नेछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved