विश्वकप फुटबल

डेनमार्कलाई हराउँदै फ्रान्स नकआउट चरणमा, एम्बाप्पेको २ गोल

लगातार दोस्रो जितसहित ६ अंक जोडेर फ्रान्स अन्तिम १६ मा स्थान सुरक्षित गर्ने पहिलो राष्ट्र बनेको हो । डेनमार्कलाई हराउँदा फ्रान्सका लागि दुवै गोल एम्बाप्पेले गरे ।

नेपालभ्युज

डेनमार्कलाई हराउँदै फ्रान्स नकआउट चरणमा, एम्बाप्पेको २ गोल

काठमाडौं । किलीयन एम्बाप्पे चम्केको खेलमा डेनमार्कलाई २-१ गोलले हराउँदै फ्रान्स विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

लगातार दोस्रो जितसहित ६ अंक जोडेर फ्रान्स अन्तिम १६ मा स्थान सुरक्षित गर्ने पहिलो राष्ट्र बनेको हो । डेनमार्कलाई हराउँदा फ्रान्सका लागि दुवै गोल एम्बाप्पेले गरे । उनले ६१ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर ६८ औं मिनेटमा डेनमार्कले बराबरी गोल फर्कायो । आन्द्रेस क्रिस्टेन्सनले कर्नरमा आएको बललाई हेडर गोल गरेका थिए ।

निर्धारित समयको ४ मिनेट बाँकी एमबाप्पेले गोल गरेपछि फ्रान्सले खेल जित्यो । फ्रान्स साविक विजेता राष्ट्र हो । उसले पहिलो खेलमा अष्ट्रेलियालाई  हराएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved