समानुपातिकमा एमालेले कटायो १७ लाख मत, स्वतन्त्रलाई पछ्याउँदै माओवादी

नेपालभ्युज

समानुपातिकमा एमालेले कटायो १७ लाख मत, स्वतन्त्रलाई पछ्याउँदै माओवादी
फाइल फोटो

काठमाडौं। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा एमालेले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ। निर्वाचन आयोगले आज विहान अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख ३९ हजार १४५ मत प्राप्त गरेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ७८ हजार १६ मत प्राप्त गरेको छ। तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ६० हजार १८३ मत प्राप्त गरेको छ।

चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले अहिलेसम्म सात लाख ३९ हजार ५०२ मत प्राप्त गरेको छ। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख ८९ हजार २६० मत प्राप्त गरेको छ।

यस्तै जनता समाजवादी पार्टीले दुई लाख सात हजार ८९२ मत प्राप्त गरेको छ। सातौं स्थानमा रहेको नेकपा (एकीकृत समाजवादी) ले एक लाख ५३ हजार ५०२ मत प्राप्त गरेको छ। यस्तै नागरिक उन्मुक्ति पार्टीले एक लाख ३७ हजार ५६७ र जनमत पार्टीले एक लाख ३६ हजार ५६
मत प्राप्त गरेको छ। अन्य दलले एक लाख मत कटाउन सकेका छैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved