मकवानपुर-१ प्रदेशसभा (२) मा पराजुलीलाई पराजित गर्दै श्रेष्ठ विजयी

मकवानपुर-१ प्रदेशसभा (२) मा पराजुलीलाई पराजित गर्दै श्रेष्ठ विजयी

हेटौंडा । मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र १ अन्तर्गत प्रदेश सभा २ मा नेकपा एमालेले जित हासिल गरेको छ ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष समेत रहेका एमालेका उम्मेदवार एकालाल श्रेष्ठले सत्ता गठबन्धनका उम्मेवार नेपाली कांग्रेसका आनन्दाराम पराजुलीलाई पराजित गरेका हुन ।

श्रेष्ठ १४ हजार २ सय २५ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीले १३ हजार ३ सय ५६ मत प्राप्त गरे  ।

श्रेष्ठले ८६९ मतान्तरमा पराजुलीलाई पराजित गरेका हुन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गुञ्जन न्यौपानेले १२ हजार ५७७ मत प्राप्त गरे ।

कुल ४३ हजार ३५६ मत खसेको मकवानपुर १ को २ मा १ हजार ५०४ मत बदर भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved