समानुपातिकमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको उत्कृष्ट सुरुवात, १ लाख मत कटायो

नेपालभ्युज

काठमाडौं । प्रत्यक्षतर्फ ३ वटा सिट जितिसकेको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा पनि १ लाख मत कटाएको छ । उसले  समानुपातिकमा १ लाख १ हजार ५४३ ल्याएको छ ।  रास्वपाले प्रत्यक्षतर्फ काठमाण्डौका तीन वटा क्षेत्रमा जित हासिल गरेको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ एमालेले दुईलाख २० हजार मत कटाएको छ । पछिल्लो विवरण अनुसार समानुपातिकतर्फ नेकपा एमालेले २ लाख २० हजार ५१७ मत प्राप्त गरेको छ ।

त्यस्तै कांग्रेसले १ लाख ९७ हजार ५४३ मत प्राप्त गरी दोस्रोमा छ । माओवादी केन्द्रले ९१ लाख ९५५, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५१ हजार ७८८, जनता समाजवादी पार्टी, नेपालले १६ हजार ८४८, जनमत पार्टीले १६ हजार १७१, नेपाल मजदुर किसान पार्टीले १३ हजार ६१५ नेकपा (एकीकृत समाजवादी)ले ११ हजार ९५२, नागरिक उन्मुक्ति पार्टीले १० हजार २२६ र अन्यले ४५ हजार ९७८ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved