एकिकृत समाजवादीले अछामबाट खाता खोल्यो, भीम रावलको क्षेत्रमा शेरबहादुर कुँवर विजयी

नेपालभ्युज

एकिकृत समाजवादीले अछामबाट खाता खोल्यो, भीम रावलको क्षेत्रमा शेरबहादुर कुँवर विजयी

अछाम।नेकपा (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा अछामबाट खाता खोलेको छ । अछामको क्षेत्र नम्बर–१ मा समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर विजयी भएका छन् ।

उनले १९ हजार ५३४ मत प्राप्त  गरे । कुँवरका प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गरे । अछाम १ नेकपा एमालेका नेता भीम रावलको क्षेत्र हो ।  अछामको जिल्ला कमिटीले रावलको नाम सर्वसम्मत रुपमा पठाएपनि अध्यक्ष केपी शर्मा ओलीले रावलको नाम काटेर यसअघि माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहरालाई दिएका थिए ।

प्रतिनिधि सभाका १६५ क्षेत्र मध्ये २१ क्षेत्रमा उम्मेद्वार उठाएको एकीकृत समाजवादीले अहिलेसम्मको मतगणना अनुसार १ क्षेत्रमा विजयी हुँदा ५ क्षेत्रमा अग्रता कायम गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved