विश्वकप फुटबल : फ्रान्सको विजयी सुरुवात

नेपालभ्युज

विश्वकप फुटबल : फ्रान्सको विजयी सुरुवात

काठमाडौं। विश्वकप फुटबलमा साविक विजेता फ्रान्सले विजयी सुरुवात गरेको छ।

अल जनुब स्टेडियममा भएको खेलमा फ्रान्सले अष्ट्रेलियालाई ४–१ गोल अन्तरले पराजित गरेको हो।

प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले सुरुवाती दबाबलाई नियन्त्रणमा परिणत गर्दै शान्दार जित निकालेको हो। यससँगै फ्रान्सले ३ अङ्क जोडेको छ।

अष्ट्रेलियाको लागि क्रेग गुडविनले गोल गरे। फ्रान्सको लागि ओलिभर जिरोडले २ गोल गरे भने एड्रियन राबियो, र केलियन एमबाप्पेको नाममा १–१ गोल रह्यो।

खेलको नवौं मिनेटमा अष्ट्रेलियाका लागि गुडविनले गोल गरे। सोही क्रममा घाइते भएका फ्रान्सका लुकास हर्नान्डेज मैदानबाट बाहिरिए। यस गोलले साविक विजेता फ्रान्सलाई दबाब बढाएको थियो।

फ्रान्सको लागि खेलको २७ औँ मिनेटमा राबियोको गोलसँगै खेल १–१ को बराबरीमा पुग्यो। लगातार आक्रमक स्वरुप अपनाएको फ्रान्स ३२ औँ मिनेटमा अग्रता बनाउन सफल भयो।जिरोडले फ्रान्सको लागि दोस्रो गोल गरे।

६८ औँ मिनेटमा केलियन एमबाप्पेले फ्रान्सको लागि तेस्रो गोल गरे। जिरोडले खेलको ७१ औँ मिनेटमा फ्रान्सको लागि चौथो गोल गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved