काठमाडौं- १० मा कांग्रेसका केसीको अग्रता कायमै

नेपालभ्युज

काठमाडौं- १० मा कांग्रेसका केसीको अग्रता कायमै

काठमाडौं ।  निर्वाचन क्षेत्र नं १० मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार राजन केसीको अग्रता कायम छ ।

कीर्तिपुर नगरपालिकाको १ देखि १० वडासम्मको मतगणना गर्दा पछिल्लो मतपरिणामअनुसार २० हजार नौ सय ५३ मतगणना हुँदा कांग्रेसका केसीले छ हजार ६ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप विष्टले चार हजार एक सय ३१ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले) का हिमेश केसीले तीन हजार ६ सय दुई मत ल्याएका छन् । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अन्जना विसङ्खेले दुई हजार दुई सय चार मत प्राप्त गरेकी छ ।  हालसम्म गणना भएको मतमध्ये आठ सय ६६ मत बदर भएको छ । मतगणना जारी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved