चिनियाँ राष्ट्रपति सी क्यानडेली प्रधानमन्त्रीसँग रिसाएको भिडियो भाइरल (भिडियोसहित)

नेपालभ्युज

चिनियाँ राष्ट्रपति सी क्यानडेली प्रधानमन्त्रीसँग रिसाएको भिडियो भाइरल (भिडियोसहित)

इन्डोनेसिया। चिनियाँ राष्ट्रपति सी जिनपिङ र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमा दुई नेताबीच विवाद भएको देखिएको छ ।

इन्डोनेसियामा सम्पन्न जी-२० सम्मेलनको अन्तिम दिन चिनियाँ राष्ट्रपति सी जिनपिङ र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सम्मेलनस्थल बाहिर अनौपचारिक कुरा गरेका थिए । भिडियोमा चिनियाँ राष्ट्रपतिले ट्रुडोलाई गुनासो गर्दै केही भनेका छन् ।

सी जिनपिङको भनाई अङ्ग्रेजीमा अनुवाद गर्ने व्यक्तिले यसो भनेको सुन्न सकिन्छ, “हामीले जे पनि छलफल गर्‍यौं, त्यो पत्रपत्रिकामा चुहावट भयो, त्यो ठीक होइन… र त्यो तरिका गलत थियो। हामीले एक अर्कासँग सम्मानजनक रूपमा कुराकानी गर्नुपर्छ, अन्यथा परिणाम के हुन्छ भन्न गाह्रो छ।”

त्यसपछि क्यानडाका प्रधानमन्त्री ट्रुडोले शान्तपूर्वक जवाफ दिँदै भनेका छन्, “क्यानडामा हामी स्वतन्त्र र खुला संवादमा विश्वास गर्छौं र हामी कुनै कुरा गोप्य राख्दैनौँ।” ट्रुडोको जवाफपछि दुवै नेता हात जोडेर आ–आफ्नो बाटोमा हिँडेको देख्न सकिन्छ ।

ट्रुडोले मंगलबार सी जिनपिङलाई भेटेका थिए।  भेटमा क्यानडाको प्रधानमन्त्रीको चुनावमा चीनले हस्तक्षेप गरेको आरोपबारे कुराकानी भएको थियो । त्यो कुराकानी बाहिर सञ्चारमाध्यममा ल्याएको भन्दै चिनियाँ राष्ट्रपति रिसाएको बीबीसीले उल्लेख गरेको छ । गोप्य राख्नुपर्ने कुरा पनि बाहिर ल्याएको भन्दै सी ले आक्रोससँगै दुख पनि पोखेका खबरमा उल्लेख छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved