राष्ट्र बैंकको कठोर नीतिका कारण अर्थतन्त्रमा सुधार : गर्भनर अधिकारी

नेपालभ्युज

राष्ट्र बैंकको कठोर नीतिका कारण अर्थतन्त्रमा सुधार : गर्भनर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले केही नीतिमा कडाइ गर्दा अर्थतन्त्रमा सुधार आएको बताएका छन्। बुधबार नेपाल बैंकको वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गभर्नर अधिकारीले भने, ‘गत सालभर हामीले निकै तरलताको अभाव झेल्नु पर्‍यो। समग्र अर्थतन्त्रलाई नै सुधार गर्नुपर्ने हामीलाई दबाब थियो। यसले गर्दा पनि हामीले कडा पोलिसीहरू लिएर अगाडि बढेका थियौँ। पोलिसी कडा गरेका कारण पनि नेपालको अर्थतन्त्रमा सुधार आएको छ।’

नेपाल राष्ट्र बैंकले बुधबार देशको तीन महिनाको आर्थिक तथा वित्तीय स्थितिबारे तथ्याङ्क सार्वजनिक गरेको छ।

उक्त तथ्याङ्क हेर्दा १४ महिनापछि ब्यालेन्स अफ पेमेन्ट पोजेटिभ भएको उनले बताए। यसका साथै उनले बैंकहरूले दिएको कर्जाका कारण कतिपय उद्यमीहरूले सफलता हासिल गरेको समेत बताए।

‘बैंकिङ क्षेत्र चुनौतीपूर्ण रहेको छ। यसलाई हामीले फेस गर्नु पर्ने हुन्छ’, कार्यक्रममा गभर्नर अधिकारीले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved