प्रधानमन्त्री देउवा गृह जिल्ला जाँदै, यस्तो छ दुई दिनको कार्यतालिका

नेपालभ्युज

प्रधानमन्त्री देउवा गृह जिल्ला जाँदै, यस्तो छ दुई दिनको कार्यतालिका

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह जिल्ला डडेलधुरा जाने भएका छन्।

मंगलबार धनगढी पुगेका देउवा आज गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लागेका हुन्। देउवाले सुदूरपश्चिमका विभिन्न जिल्लामा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

देउवाको सचिवालयका अनुसार उनी मंसिर ४ गते भोट हालेर काठमाडौं फर्किने कार्यक्रम छ। देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। आजै उनले बैतडीमा हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ। आज पनि राति धनगढी बस्ने जनाइएको छ।

देउवाले बिहीबार अछाम र कञ्चनपुरमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने र राति धनगढी बस्ने छन्। मौन अविधभर उनी डडेल्धुरामा बस्ने र मत हालेर काठमाडौं फर्किने कार्यक्रम तय भएको छ।

देउवाको निर्वाचन क्षेत्रमा स्वतन्त्रबाट प्रतिस्पर्धा गरिरहेका युवा उम्मेद्वार सागर ढकाल चुनाव लडिरहेका छन्। सोही निर्वाचन क्षेत्रबाट देउवाकै पूर्व सहयोगी कर्ण मल्ल नेकपा एमालेको समेत सहयोगमा नेपाली कांग्रेस विपी नामको पार्टीबाट चुनावी प्रतिस्पर्धामा छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved