विश्वको नजर चीन र अमेरिकामा छ : सी चिनफिङ

नेपालभ्युज

विश्वको नजर चीन र अमेरिकामा छ : सी चिनफिङ

एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइडेन र सी चिनफिङबीच बालीमा भेटवार्ता भएको छ ।

भेटवार्ताका क्रममा चिनफिङले विश्वको नजर चीन र अमेरिकामा रहेको र विश्व शान्तिका लागि दुवैले अन्य सबै देशहरूसँग मिलेर काम गर्नुपर्ने बताएका छन् ।

चिनफिङले भने, ‘विश्वले चीन र अमेरिकाको सम्बन्धलाई राम्रोसँग सम्हाल्ने अपेक्षा गरेको छ । हाम्रो बैठकले विश्वको ध्यान तानेको छ । विश्व शान्तिका लागि हामीले अन्य सबै देशहरूसँग मिलेर काम गर्नुपर्छ । हाम्रो भेटमा दुवैजनाले रणनीतिक विषयमा आ–आफ्नो धारणा राखेका थिए । म तपाईंलाई भविष्यमा भेट्न उत्सुक छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved