सिटीमाथि ब्रेन्टफोर्डको रोमाञ्चक जित, चेल्सीलाई हराएको न्युकासल तेस्रो स्थानमा

नेपालभ्युज

सिटीमाथि ब्रेन्टफोर्डको रोमाञ्चक जित, चेल्सीलाई हराएको न्युकासल तेस्रो स्थानमा

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनलले दूरी बढाएको छ । गएराती भएका खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी पराजित हुँदा र आफू विजयी हुँदा आर्सनलले ५ अंकको अग्रता बनाएको हो ।

गएराति सिटी ब्रेन्टफोर्डसँग २-१ गोलले पराजित भयो । निर्धारित समयसम्म एक एकको बराबरीमा रहेको खेलमा अतिरिक्त समयको आठौं मिनेटमा गोल गरेपछि ब्रेन्टफोर्ड विजयी भयो । सिटिले केहि समयको लागि भएपनि शीर्ष स्थानमा पुग्ने मौका गुमायो । सिटी ३२ अंकसहित दोस्रो स्थानमा छ  । गएराति नै उल्भ्सलाई २ गोलले हराउँदै आर्सनलले ३७ अंक पुर्‍याएको छ ।

अर्को खेलमा चेल्सी न्युकासल युनाइटेडसँग पराजित भयो । चेल्सीलाई न्युकासल युनाईटेडले १-० गोल अन्तरले हराएको हो । न्युकासललाई जित दिलाउन जोए विल्कले निर्णायक गोल गरे । उनले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै न्युकासल १५ खेलमा ३० अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।चेल्सी २१ अंक जोडेर आठौं स्थानमा रहेको छ ।  अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले हरायो भने टोटनहमले लिड्स युनाइटेडलाई ४-३ गोलले पराजित गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved