चुनावी प्रचारमा सरकारी स्रोतको प्रयोग र खर्चमाथि अनुसन्धान सुरु

नेपालभ्युज

चुनावी प्रचारमा सरकारी स्रोतको प्रयोग र खर्चमाथि अनुसन्धान सुरु

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाचन प्रचार-प्रसारका दौरान राज्यकोषबाट भएको खर्चमाथि अनुसन्धान सुरु गरेको छ ।निर्वाचन आयोगले पठाएको पत्रका आधारमा आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट कागजात मगाएको हो ।

‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्र पठाइएको छ । अरु थप विवरण पनि मगाइएको छ । सबै कागजात आएपछि अरु विस्तृत थाहा होला ।’ प्रवक्ता श्यामप्रसाद भण्डारीले भने ।

केही साताअघि प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सत्तारुढ दलका शीर्ष नेताहरू नेपाली सेनाको स्काइट्रक लिएर कञ्चनपुर पुगेका थिए । नेपाली सेनाको विमान प्रयोग भएकाले राज्यकोषको प्रयोग भएको हुनसक्ने आशंकामा आयोगले अनुसन्धान गरिदिन भन्दै अख्तियारमा पत्र पठाएको थियो ।

आयोगमा सम्बन्धित दलका नेताहरुले भने सरकारी नभई दल र उम्मेदवारको खर्चमा विमानको भाडा तिरिएको बताएका थिए । अख्तियारले संघीय तह बाहेक सबै प्रदेशमा सरकारीस्तरबाट निर्वाचनका दौरान हुने खर्च र राज्यको स्रोतसाधनको प्रयोगबारे समेत निगरानी थालेको दाबी गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved