एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहित पाँच जना पार्टीबाट निस्कासित

नेपालभ्युज

सुर्खेत । नेकपा एमालेमा प्रवेश गर्ने तयारीमा रहेका एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहित पाँच जना पार्टीबाट निस्कासित भएका छन् । जुम्लाबाट केन्द्रीय सदस्य रहेका देवीलाल थापा सहित पाँच जनालाई पार्टीबाट निस्कासित गरेको उक्त पार्टीले जनाएको छ ।

पार्टी विरोधी शक्तिसँग साँठगाँठ गर्दै षड्यन्त्रमा संलग्न भएकाले कारबाही गरिएको एकीकृत समाजवादीले जनाएको छ । थापासहित जुम्ला जिल्ला अध्यक्ष आदीप्रसाद न्यौपाने जिल्ला सदस्यहरु नन्दराम रोकाया, रतनबहादुर रोकाया र धर्मराज रावललाई साधारण सदस्य समेत नरहने गरी निस्कासन गरिएको उक्त पार्टीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved