नेता प्रधानको घरदैलो अनुभव- आसन्न निर्वाचनमा नागरिक उत्साहित हुन सकेनन्

नेपालभ्युज

नेता प्रधानको घरदैलो अनुभव- आसन्न निर्वाचनमा नागरिक उत्साहित हुन सकेनन्
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री भीमसेनदास प्रधानले संविधानको रक्षाका लागि पनि निर्वाचनमा गठबन्धन आवश्यक भएको बताएका  छन् ।

संविधानकै रक्षाका लागि राजनीतिक दलहरु कांग्रेसको नेतृत्वमा अघि बढ्न सहमति जनाएको उनले बताए । बिहिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता प्रधानले आसन्न निर्वाचनमा नागरिक खासै उत्साहित हुन नसकेको अनुभव आफूले घरदैलो अभियानको क्रममा गरेको बताए । जनताको समस्या समाधान गर्ने हिसाबले नेताहरु पुग्नुपर्ने विचार उनले व्यक्त गरे । काठमाडौँ सम्पदाको सहर भएको उल्लेख गर्दै नेता प्रधानले काठमाडौँलाई नमूनाको सहर बनाइने प्रतिबद्धता जनाए ।

कार्यक्रममा वरिष्ठ पत्रकार तेजप्रकाश पण्डित, कुलचन्द्र वाग्ले, नेपाली कांग्रेसका नेता हरिसिंह केसी लगायतले निर्वाचनमा कांग्रेसले विगतको साखलाई समेत जोगाएर निर्वाचनबाट नयाँ उचाइ हासिल गर्नुपर्ने विचार व्यक्त गरे ।

‘गठबन्धनले मुलुकलाई समृद्धि र संविधानको रक्षा गर्छ’

यसैगरी नेता प्रधानले मुलुकको समृद्धि र संविधानको रक्षाका लागि वर्तमान गठबन्धन निर्माण भएको बताएका छन् ।

नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ ले सामाखुशीमा स्थापना गरेको चुनावी सम्पर्क कार्यालयको आज साँझ उद्घाटन गर्दै उनले ‘दुई तिहाई जनमत प्राप्त गरेको नेकपा सरकारले काम गर्न नसकेका कारण वर्तमान गठबन्धन निर्माण भएको हो’, उनले भने । पूर्वमन्त्री प्रधानले काठमाडौँ क्षेत्र नं ६ को विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताए ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेशसभा (१)का उम्मेदवार हरिप्रभा खड्गी श्रेष्ठले गठबन्धनका उम्मेदवारलाई जिताउन युवा र महिलाको महत्वपूर्ण भूमिका रहेको बताईन् । उनले पद र इच्छाशक्ति भए काठमाडौँ क्षेत्र नं ६ को विकास गर्न सकिने स्पष्ट पारिन् । नेपाल तरुण दल काठमाडौँ महानगरपालिका–२६ का पूर्वअध्यक्ष कृष्ण लामाले काठमाडौँ क्षेत्र नं ६ को विकासका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved