छठ मेलामा बालकलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा ५ जना पक्राउ

नेपालभ्युज

छठ मेलामा बालकलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा ५ जना पक्राउ

काठमाडौं। मोरङको उर्लाबारीमा आइतबार राति चलेको छठ मेलामा चक्कु प्रहार गरी बालकको हत्या गरेको अभियोगमा ५ जना पक्राउ परेका छन्।

आइतबार राति साढे १० बजेतिर झापाको दमक नगरपालिका १० आमबाडीका १४ वर्षीय दियुस श्रेष्ठको हत्या भएको थियो।

मोरङ उर्लाबारी नगरपालिका ७ स्थित मौवा खोलामा छैठ मेलामा छुरा प्रहार गरी घाइते बनाएका थिए। श्रेष्ठको झापाको बी एण्ड सी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको थियो।

सोही घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूमध्ये तीन जना १७ वर्षका र २ जना १६ वर्षका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved