एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलको दाबी- आसन्न चुनावमा बहुमत ल्याउँछौँ

नेपालभ्युज

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलको दाबी- आसन्न चुनावमा बहुमत ल्याउँछौँ

काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आसन्न प्रतिनिधि एवम् प्रदेश सभामा एमालेले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् । काठमाडौं-सोलुखुम्बु सम्पर्क मञ्च, एमालेले शनिबार चाबहिलस्थित नवदुर्गा पार्टी प्यालेसमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष पोखरेलले यस्तो बताएका हुन् । “आउँदो निर्वाचनमा एमालेले बहुमत ल्याउँछ,” उनले भनेका छन् ।

त्यसको आधार प्रशस्तरूपमा रहेको उनको जिकिर थियो । उनले थपे, “एमालेलाई टर्च बालेर खोज्नुपर्छ भनियो । तर, हामीले स्थानीय चुनावमा देखाइदियौँ, सबैभन्दा धेरै मत ल्याउने पार्टी एमाले नै बन्यो, अब प्रदेश र प्रतिनिधिको चुनाव पनि यसैगरी हुन्छ । एमालेले बहुमत ल्याउँछ ।”

उनले गठबन्धन ठगबन्धनमा परिणत भएको आरोप लगाए । “अहिलेको गठबन्धन ठगबन्धन बन्यो,” उनले भने, “त्यहाँ २० सिट उठाएर देशको नेतृत्व गर्छु भन्नेहरू छन् । ४३/४४ सिट उठाएर प्रधानमन्त्री बन्छु भन्नेहरू छन् । एमालेको प्रमुख प्रतिपक्षी बनेको कांग्रेस चुच्चे नक्सालाई बुच्चे बनाउनतिर लाग्यो। अनि यो कसरी वाम-लोकतान्त्रिक गठबन्धन बन्यो ? यो त ठगबन्धन हो ।”

उनले फरक प्रसङ्गमा नेपालमा सबै कुरा ‘सेटिङ्ग’मा चल्ने बताए । “न्यायापालिकासमेत सेटिङ्गमा चल्छ,” उनले भने, “तपाईंहरूले देख्नुभयो, सर्वोच्च अदालत कसरी चलेको छ ? प्रधानन्यायाधीश को हो अहिले ? यो सरकारको अकर्मण्यता देख्नुभएन ?”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved