३८ डलरको खाना खाएर १६ हजार डलर टिप्स दिएपछि…

नेपालभ्युज

३८ डलरको खाना खाएर १६ हजार डलर टिप्स दिएपछि…

न्युयोर्क।  होटल तथा रेष्टुरेन्टमा आफूलाई मन पर्ने खाना खुवाउने र इमान्दार कर्मचारीलाई टिप्सको नाममा केहि रकम दिने चलन छ । यो चलन धनिदेखि गरिब देशसम्म छ । टिप्सको रकम आफूले खाएको चिया कफी वा खाना खाजा भन्दा कम नै हुन्छ ।

तर अमेरिकामा यस्तो घटना बाहिर आएको छ, जहाँ एक ग्राहकले ३८ डलरको खाना खाएर वेटरलाई १६ हजार डलर दिएका छन् ।

लन्डनडेरी न्यु ह्याम्पशायरमा रहेको रेस्टुरेन्ट स्टम्बल इन बार एन्ड ग्रिलका मालिक माइकल जरेलाले सोमबार फेसबुकमा बिलको तस्बिर शेयर गरेपछि यो घटना बाहिर आएको हो । उनले ग्राहकको नाम लुकाएर शेयर गरेको बिलमा ग्राहकले झण्डै ३८ डलरको खाना खाएर वेटरलाई १६ हजार डलर दिएका छन् ।

सुरुमा रेष्टुरेन्टका मालिक र वेटरले यो रकम ग्राहकको गल्तीले आफूहरुले पाएको हुन सक्ने अनुमान गरेका थिए । तर ग्राहक आफैले त्यो रकम जानीबुझी दिएको बताएपछि उनीहरु ढुक्क भए । ति ग्राहकले आफूले दिएको रकम अनावश्यक खर्च नगर्न र चाहिएको ठाउँमा मात्रै खर्च गर्न समेत सुझाव दिएका छन् ।

१६ हजार डलर टिप्स रेष्टुरेन्टका ८ जना वेटरले बराबरी रुपमा भाग लगाएर लिएको एनडीटीभीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved