मिथिलामा मनाइयो ‘भातृद्वितिया’ 

जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा आज भातृद्वितिय पर्व मनाइएको छ। गोवर्धन पूजाको भोलिपल्ट कात्तिक शुक्ल द्वितीयाका दिन ‘भातृद्वितीया’ पर्व मनाउने गरिन्छ।

मिथिलामा मनाइयो ‘भातृद्वितिया’ 

जनकपुरधाम। जनकपुरधामसहित सम्पूर्ण मिथिलाञ्चलमा आज भातृद्वितिय पर्व मनाइएको छ। गोवर्धन पूजाको भोलिपल्ट कात्तिक शुक्ल द्वितीयाका दिन ‘भातृद्वितीया’ पर्व मनाउने गरिन्छ।

मैथिली भाषी क्षेत्रमा यसलाई ‘न्यौत लिने’ भनिन्छ। दिदीबहिनीसँग दाजुभाइले न्यौत लिने गर्छन् । यसमा दिदीबहिनीहरूले आँगनीमा गाईको गोबर, पिठार र सिन्दूरले बनाएको विशेष प्रकारको रंगोली (चौका) मा पिँढीमा बसाली हातमा पान–सुपारी र शीरमा गम्छा÷तौलिया÷रुमाल राखिदिएर न्यौत दिन्छन् र सप्तरंगी टिका दिदी बहिनीले दाजुभाइलाई लगाइदिने गर्छन्।

पिँढीमाथि बसेका दाजुभाइको हात पखालि दिएर पान–सुपारी एवं मिठाईं हातमा राखिदिने गरिन्छ । गम्छा टाउकोमा राखिदिने र मिठाईं खुवाइने चलन छ ।

न्यौत परम्पराका लागि पाँच रंगको फल अनिवार्य छ । पहिले–पहिले दाजुभाइले दिदीबहिनीका लागि खिर–पुरी वा चिउरा, दही तथा एक सेट साडी, ब्लाउज सहितको काँधमा भार (खर्पन) लिएर जाने चलन थियो । पछिल्लो समय फलफूल, कपडा र पैसा दिने चलन छ ।

यो ‘भातृद्वितीया’ भनेको पहाडी समुदायले मनाउने भाइटिका जस्तो नै हो। यस पर्वमा दिदी बहिनीले केराउको दानालाई केरामा खोपेर दाजुभाइलाई ‘बजरी’ खुवाउने चलन छ। ‘बजरी’ खुवाउनुको अर्थ आफ्नो दाजुभाइलाई कडा हुनु, रोगव्याधि नलाग्नु रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved