विवेककशील साझाले भन्यो- अपूर्वको मुद्धा फिर्ता गरौं, सामाजिक सहिष्णुताको जगेर्ना गरौं

नेपालभ्युज

विवेककशील साझाले भन्यो- अपूर्वको मुद्धा फिर्ता गरौं, सामाजिक सहिष्णुताको जगेर्ना गरौं

काठमाडौं । विवेकशील साझा पार्टीले ‘स्ट्यान्डअप कमेडियन’ अपूर्व क्षितिज सिंहको मुद्धा फिर्ता गरी सामाजिक सहिष्णुताको जगेर्ना गर्न माग गरेको छ ।  अपूर्वले माफि माग्दै आफ्नो विवादस्पद कमेडी युट्युवबाट  हटाएपछि पनि उनको मुद्धा अझै विचाराधीन रहँदा नेपाली समुदाय विभक्त हुने खतराप्रति गम्भीर ध्यानाकर्षण भएको विवेकशिल साझाले  जनाएको छ ।

विवेकशिल साझाका प्रवक्ता प्रकाशचन्द्र परियारले शनिबार एक विज्ञप्ति जारी गर्दे मर्यादित अभिव्यक्ति स्वतन्त्रताको अभ्यासका लागि सचेत र जिम्मेवार हुँदै आफ्नो कला प्रस्तुत गर्न पाउने प्रत्याभूतिका लागि वातावरण बनाउन कलाकार, सरकार र सरोकारवालाहरुको  ध्यानाकर्षण गराएका हुन् ।

उनले यस विषयले समाजको २ अतिवादी शक्ति मुखरर हुँदा नेपाली समाजको सहिष्णु शक्तिमा क्षय हुँदै गएकोप्रति सरोकारवाला सवै संवेदनशील हुन आग्रह गरेका छन् ।

‘सरकारले पक्ष र विपक्षमा रहेका समुदायलाई उत्तेजीत हुन नदिई सहज वातावरणका साथ विषयलाई टुंग्याउन र मुद्धा दायर गरेकाहरुलाई पनि विश्वासमा लिएर समस्या समाधान गर्ने वातावरण वनाउन हामी आग्रह गर्दछोैँ।’ विज्ञप्तिमा भनिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved